विषभन्दा ठूलो सरकारी लापरबाही : सर्पदंशको उत्कर्ष सिजनमै ‘एन्टिभेनम’ रित्तो !
काठमाडौं : नेपालमा मनसुन लाग्नेबित्तिकै बाढी, पहिरो र डुबानको त्रास मुख्य चर्चामा रहन्छ। तर सरकारी तथ्यांकले चालू मनसुन सिजनमा अन्य कुनै पनि प्राकृतिक विपद्भन्दा बढी मानिसको ज्यान सर्पदंशले लिइरहेको देखाएको छ। अझ चिन्ताको विषय, यही उत्कर्ष सिजनमा देशका प्रमुख उपचार केन्द्रहरूमै जीवनरक्षक एन्टिभेनम सकिएर बिरामीको उपचारमा समस्या देखिएको छ।
