SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ ०३:२१ PM · 1 मिनेट पढाइ

एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन सार्वजनिक नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले ‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक नगर्न शुक्रबार अन्तरिम आदेश जारी गरेको छ । गोपनियताको हक हनन भएको भन्दै एनसेलले प्रतिवेदन सार्वजनिक गरिएकोमा सरकारविरुद्ध बिहीबार अदालतमा मुद्दा दायर गरेको थियो ।