सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा कडाइ, पूर्वस्वीकृति अनिवार्य
काठमाण्डु– सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा कडाइ गर्दै नयाँ मापदण्ड लागू गरेको छ। वैदेशिक भ्रमणलाई व्यवस्थित, मितव्ययी र परिणाममुखी बनाउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायलाई नयाँ व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।
