SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ ०५:५६ PM · 1 मिनेट पढाइ

स्वास्थ्य बिमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई तीन अर्ब ५६ करोड भुक्तानी

काठमाडौँ, साउन २९ गते ।स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई तीन अर्ब ५६ करोड आठ लाख ९४ हजार ९६० रुपियाँ ६९ पैसा भुक्तानी गरिएको छ।