SHARE
लोक पथ · शुक्रबार​ २९ साउन २०८३ ०८:२० AM · 1 मिनेट पढाइ

देउवालाई विश्वप्रकाशले भने- ‘पार्टीको नेतृत्वमा युवालाई स्वीकार गर्नुस्’

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र युवा नेतृत्वलाई विधि र पद्धतिअनुसार आत्मसात गर्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै शर्माले परिवर्तन र युवा सहभागितालाई प्रक्रियागत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।