SHARE
कालिका खबर · शुक्रबार​ २९ साउन २०८३ ०७:५२ AM · 1 मिनेट पढाइ

व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राख्नुपर्छ : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले व्यावसायिक तथा पेशागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न सुझाव दिएका छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नाट्टा व्यावसायिक संस्था भएकाले यसलाई राजनीतिक विवाद र स्वार्थबाट टाढा राख्नुपर्ने बताए । “यो व्यावसायिक संस्था हो, यसमा राजनीति नगरौँ । पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवर्धन र व्यावसायिक हितका विषयमा केन्द्रित भएर अघि बढौँ,” उनले भने ।