४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने
काठमाण्डौ । बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती तथा तिनका सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ ।
