SHARE
Kalo Pati · शुक्रबार​ २९ साउन २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

एकैदिन तोलामा ४६ सय रूपैयाँ घट्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।