SHARE
Kalo Pati · शुक्रबार​ २९ साउन २०८३ ०४:१८ AM · 1 मिनेट पढाइ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ०९, सिसिटिभिमार्फत ६५, रातोबत्तीमा ४७ जना चालकलाई कारबाही गरिएको छ ।