SHARE
कालिका खबर · बिहीबार २८ साउन २०८३ ०४:१४ PM · 1 मिनेट पढाइ

नाइमा एक्स्पोमा सुजुकी एसेस १२५ कनेक्टेड सार्वजनिक, स्मार्ट कनेक्टिभिटीसहित

काठमाडौँ। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ सुजुकी एसेस १२५ कनेक्टेड सार्वजनिक गरिएको छ। सुजुकी मोटरसाइकल नेपालले नाइमा मोबिलिटी एक्स्पोमा नयाँ कनेक्टेड मोडल सार्वजनिक गरेको हो। नयाँ एसेस १२५ कनेक्टेडमा ब्लुटुथ जडानसहितको डिजिटल एलसीडी डिस्प्ले र ‘सुजुकी राइड कनेक्ट’ सुविधा दिइएको छ। यसमार्फत चालकले आफ्नो स्मार्टफोन स्कुटरसँग जडान गरी यात्राका क्रममा विभिन्न उपयोगी जानकारी प्राप्त गर्न सक्नेछन्।