देउवा फर्किएपछि शशांकले भने– ‘हाम्रो वैधानिक सभापति उहाँ नै हो’
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन् । बिहीबार देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका नेता कोईरालाले यस्तो दाबी गरेका हुन् ।
