SHARE
लोक पथ · बिहीबार २८ साउन २०८३ ०१:३५ PM · 1 मिनेट पढाइ

स्मार्ट कनेक्टिभिटीसहितको सुजुकी एक्सेस १२५ स्कुटर सार्वजनिक

काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल सार्वजनिक गरेको छ । नेपालमा सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले उक्त स्कुटर नेपाली बजारमा भित्राएको हो । कम्पनीले मंगलबारबाट जारी नाइमा मोबिलिटी एक्सपो २०२६ मा उक्त स्कुटर सार्वजनिक गरेको हो ।