SHARE
लोक पथ · बिहीबार २८ साउन २०८३ ०१:४८ PM · 1 मिनेट पढाइ

नाइमा एक्सपोमा उल्लेख्य सहभागिता, तीन दिनमै ७७ हजारले गरे अवलोकन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका बाबजुद पनि अवलोकनकर्ताको घुइँचो लागेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा मंगलबारदेखि जारी एक्स्पोको तेस्रो दिन भारी वर्षा भए पनि उल्लेख्य संख्यामा अवलोकनकर्ता पुगेका हुन् ।