मन्त्री घिसिङले सुरक्षाबाहेकका अन्य कुनै सेवा सुविधा नलिने
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सुरक्षाबाहेकका अन्य कुनै सेवा सुविधा नलिने घोषणा गरेका छन् । आज ऊर्जा मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो घोषणा गरेका हुन् । आफुलाई सुरक्षा चाहिने र सुरक्षासँग सम्बन्धित सेवा सुविधा बाहेक मन्त्रीको हैसियतमा अन्य कुनै सेवा सुविधा नलिने उनले बताए।
