बन्दीपुर केवलकारको आईपीओ बाँडफाँड, ४ लाख ३४ हजार १ सय ८ जनाले पाए शेयर
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबीआई मर्चेन्टले आज दिउँसो आईपीओ बाँडफाँड गरेको हो। बिक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओमा २४ लाख ३९ हजार ५ सय ७१ जनाबाट २ करोड ७८ लाख ६१ हजार ८ सय २० कित्ताको लागि आवेदन परेको थियो।
