SHARE
Kalo Pati · बिहीबार २८ साउन २०८३ ०९:१२ AM · 1 मिनेट पढाइ

लायन्स क्लब अफ काठमाडौं डायमण्डमा नयाँ पदाधिकारी नियुक्त, पुरानालाई सम्मान

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौं डायमण्डले नयाँ पदाधिकारी नियुक्त गर्दै पूर्वपदाधिकारी तथा लायन्स अगुवाहरूलाई सम्मान गरेको छ। बुधबार काठमाडौंको रोयल एलिनाज क्याफेमा आयोजित कार्यक्रममा नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो। मल्टिपल काउन्सिल चियर लायन केशरबहादुर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चार्टर्ड प्रेसिडेन्ट डा। भद्रा भण्डारी पराजुलीको विशेष उपस्थिति रहेको थियो।