SHARE
मकालु खबर · बिहीबार २८ साउन २०८३ ०८:१९ AM · 1 मिनेट पढाइ

अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न अर्थसमितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको अर्थसमितिको बैठकले विमानस्थलको पूर्वाधार विस्तारसँगै विभिन्न चार वटा विषयमा सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।