रसुवा बाढीपीडितका लागि सहयोग, मन्त्री विक्रम तिमिल्सिनासहित २० कवि एउटै मञ्चमा
काठमाडौं। रसुवामा गएको बाढीबाट प्रभावित परिवारको सहयोगार्थ ‘मेरो सानो सहयोग राष्ट्रलाई’ नारासहित ‘२० कवि २० कविता’ च्यारिटी शो आयोजना गरिएको छ । शनिबार बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा २० कविले कविता वाचन गर्दै बाढीपीडितका लागि सहयोग जुटाएका हुन् ।
