SHARE
मकालु खबर · बिहीबार २८ साउन २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

नाइमा मोबिलिटी एक्स्पो २०२६: तीन दिन बितिसक्दा पनि आइपुगेन गाडी, स्टल रित्तै

काठमाडौँ । भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा जारी दोस्रो नाइमा मोबिलिटी एक्स्पो २०२६ मा प्रदर्शन तथा लन्चका लागि ल्याउन लागिएको बीएआईसीको पूर्ण विद्युतीय एसयूभी आर्कफक्स टी–१ सडक तथा सीमा क्षेत्रमा देखिएको अवरोधका कारण निर्धारित समयमा आइपुग्न सकेन। एक्स्पो सुरु भएको तीन दिन बितिसक्दा पनि गाडी प्रदर्शनी स्थलमा आइपुगेको छैन।