जेनजी पुस्ताको कथा भन्ने ‘ल्याङ्ग ल्याङ्ग’मा गुराँस ढकालको मुख्य भूमिका
काठमाडौँ । बलिराम चौहानको निर्देशनमा बन्ने सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’ को मुख्य अभिनेत्रीमा गुराँस ढकाल अनुबन्धित भएकी छन् । मुख्य भूमिकामा यो उनको डेब्यु सिनेमा हो । यसअघि उनले केही सिनेमामा सहायक भूमिकामा अभिनय गरिसकेकी छन् ।
