SHARE
मकालु खबर · बिहीबार २८ साउन २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु

झापा । जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् ।