छानबिन प्रतिवेदन सार्वजनिक गर्नु कानुनविपरीत: एनसेल
काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले सरकारले सार्वजनिक गरेको ‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ प्रति गम्भीर आपत्ति जनाउँदै उक्त कदमले संविधानले सुनिश्चित गरेको गोपनीयताको हक तथा प्रचलित कानुनको उल्लङ्घन गरेको दाबी गरेको छ । कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त प्रतिवेदन प्रति गम्भीर आपत्ति जनाएको हो ।
