SHARE
कालिका खबर · बिहीबार २८ साउन २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

हाम्रो सभापति शेरबहादुर देउवा नै हो : शशांक कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गगन थापालाई पार्टी सभापतिमा अस्विकार गरेका छन्। बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टीको सभापति शेरबहादुर देउवा नै रहेका बताएका हुन्।पूर्वसभापती देउवा करिब छ महिनापछि आज स्वदेश फर्किन लागेका छन्। उनको स्वागतमा विमानस्थल पुगेका कोइरालाले पार्टी अब एकताबद्ध भएर अगाडी बढ्ने बताए। कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति देउवालाई  विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी गरेको छ।देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने छन्।