चीनतर्फ पहिरो खस्दा आधा थुनियो भोटेकोसी, दोलालघाटसम्मका तटिय क्षेत्रमा बाढीको चेतावनी
काठमाण्डु– चीनतर्फ पहिरो खसेपछि भोटेकोशी नदी थुनिएको छ । बिहीबार बिहान भोटेकोशी गाउँपालिका–२, लिपिङको पारिपट्टि चीनतर्फको न्यालमस्थित झिम्मु पोस्ट लिपिङपारि भिरबाट ढुङ्गामाटोसहितको पहिरो खस्दा भोटेकोशी नदी आधा थुनिएको हो । पहिरो खसिरहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ।
