पत्रकार किशोर श्रेष्ठको रिहाइ गर्न प्रचण्डको माग
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको भन्दै तत्काल रिहाइको माग गरेका छन्। प्रचण्डले समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा श्रेष्ठमाथि धरपकड गरिनु लोकतन्त्रको उपहास भएको बताएका छन्।
