SHARE
Kalo Pati · बिहीबार २८ साउन २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

किशोर श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं । समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई समाचारको विषयलाई लिएर पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।