SHARE
कालिका खबर · बिहीबार २८ साउन २०८३ ०५:१० AM · 1 मिनेट पढाइ

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गत उपलब्ध बीमा सुविधाबमोजिम लाभग्राहीलाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको छ। श्रीमती खुमा पौडेलका श्रीमान्को दुःखद् दुर्घटनाजन्य निधनपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा गरी बैंकले उक्त रकम हस्तान्तरण गरेको हो। बैंकका अनुसार कठिन परिस्थितिमा रहेको शोकाकुल परिवारलाई आर्थिक राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले बीमा दाबी रकम प्रदान गरिएको हो। कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँगै आकर्षक बीमा सुविधासमेत उपलब्ध गराउँदै आएको जनाएको छ।