एआई र प्रविधिको दुरुपयोग गरी भ्रामक सामग्री नबनाउन साइबर ब्यूरोको सचेतना
काठमाण्डु – नेपाल प्रहरीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा प्रविधिको दुरुपयोग गरी कृत्रिम फोटो तथा भिडियो निर्माण गर्ने, भ्रामक सूचना फैलाउने र व्यक्तिको चरित्रहत्या गर्ने गतिविधि बढेको भन्दै आम नागरिकलाई सचेत गराएको छ ।
