SHARE
कालिका खबर · बुधबार २७ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

काठमाडौंमा बजार अनुगमन : ७ खाद्य व्यवसायमा सुधारका लागि निर्देशन, म्याद गुज्रिएका खाद्य वस्तु नष्ट

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंमा बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागले काठमाडौं महानगरपालिका तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौंसँगको संयुक्त टोलीमार्फत विभिन्न खाद्य व्यवसायको निरीक्षण अनुगमन गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरेको हो । विभागका अनुसार २०८३ साउन २६ गते काठमाडौं महानगरपालिका–१०, बुद्धनगर क्षेत्रका चारवटा खाद्य व्यवसायमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा स्नेहा खाजा घर, को–फी टेल्स, लुम्बिनी खाजा घर र सृजना खाजा घरमा खाद्य स्वच्छता तथा सरसफाइसम्बन्धी विभिन्न कमजोरी भेटिएका थिए ।