खगेन्द्र सुनारले उठाए गम्भीर सवाल- ‘आईजीपीको निवासमा चोरीदेखि प्रहरीको लाठी खरिदमा भ्रष्टाचारसम्म’
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको आन्तरिक खरिद प्रक्रियामा व्यापक भ्रष्टाचार भएको र प्रहरी महानिरीक्षक (आईजीपी) को निवासमा भएको चोरीको घटना ढाकछोप गरिएको भन्दै उच्चस्तरीय छानबिनको माग गरेका छन् ।
