नाइमा एक्स्पोमा डोङफेंगका दुई विद्युतीय बस सार्वजनिक, मूल्य १ करोड १४ लाख ५० हजारदेखि
काठमाडौं । हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल उत्पादक डोङफेंगद्वारा उत्पादित विद्युतीय बस नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा अटो एक्स्पो २०२६मा कम्पनीले दुईवटा विद्युतीय बस सार्वजनिक गरेको हो। कम्पनीले सिटी ईभी बस र लङ रेन्ज ईभी बस सार्वजनिक गरेको छ। सिटी ईभीको मूल्य १ करोड १४ लाख ५० हजार रुपैयाँ र लङ रेन्ज ईभीको मूल्य १ करोड २४ लाख ५० हजार रुपैयाँ तोकिएको छ। नाइमा अटो एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकलाई तोकिएको मूल्यमा ५ लाख रुपैयाँ छुट दिने कम्पनीले जनाएको छ।
