SHARE
कालिका खबर · बुधबार २७ साउन २०८३ ०८:५१ AM · 1 मिनेट पढाइ

मलेसियामा प्रोटोन ई–मास ५ को तहल्का, जुलाईमा २,४०२ युनिट बिक्री

काठमाडौं । नेपालमा भर्खरै सार्वजनिक भएको प्रोटोनको इन्ट्रोडक्टरी विद्युतीय मोडल ई–मास ५ले मलेसियन बजारमा तहल्का मच्चाएको छ। चीनको प्रसिद्ध अटोमोबाइल कम्पनी जिलीको भगिनी संस्थाका रूपमा मलेसियामा ई–मासको उत्पादन सुरु भएको हो। ई–मास ५ मलेसियामा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय सवारी मात्रै बनेको छैन, यसले बजारमा रहेका अन्य प्रतिस्पर्धी विद्युतीय मोडललाई समेत ठूलो अन्तरले पछि पारेको छ। मलेसियाको सडक यातायात विभागबाट प्राप्त जुलाई २०२६ को ईभी दर्ता तथ्यांकअनुसार गत महिना ई–मास ५ का २ हजार ४०२ युनिट दर्ता भएका छन्। यो मोडलको अहिलेसम्मकै उच्च मासिक बिक्री हो।