SHARE
कालिका खबर · बुधबार २७ साउन २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

नाइमा एक्स्पोमा सार्वजनिक भयो एमजी म्याजेस्टर, २.० लिटर ट्विन–टर्बो इन्जिनसहित

काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा नयाँ एमजी म्याजेस्टर सार्वजनिक गरिएको छ। जेएसडब्ल्यू एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्स प्रालि.ले एमजीको नयाँ प्रिमियम एसयूभी सार्वजनिक गरेको हो। एमजी म्याजेस्टर नेपालमा सार्वजनिक गरिएको एमजीको अहिलेसम्मकै ठूलो, शक्तिशाली र प्रिमियम एसयूभी हो। कम्पनीका अनुसार यो भारतको पहिलो डी–प्लस सेग्मेन्ट एसयूभी हो, जुन परम्परागत फुल–साइज एसयूभीभन्दा माथिल्लो श्रेणीमा पर्छ। भारतबाहिर म्याजेस्टर प्राप्त गर्ने विश्वका प्रारम्भिक बजारमध्ये नेपाल पनि एक हो।