चलिरहेका उद्योग बन्द हुनबाट रोक्दै नाफामा लैजान सरकारलाई कुलमानको आग्रह
काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चलिरहेको उद्योग बन्द हुने अवस्थामा पुगेको कारण खोज्न सरकारलाई आग्रह गरेका छन्। फेसबुकमा स्ट्याटस लेखेर पूर्वमन्त्रीसमेत रहेका घिसिङले सरकारले बन्द उद्योग खोल्दै गर्दा चलिरहेका हेटौंडा र उदयपुर सिमेन्ट बन्द हुने अवस्थामा पुगेको कारण पत्ता लगाउनुपर्ने बताएका हुन्। ‘निजी लगानीकर्ताले खानी किनेर अर्बौं लगानी गरेर स्थापना गरेको सिमेन्ट उद्योग नाफामा चल्छ तर सबैभन्दा राम्रो चुन ढुंगा खानी भएको र विदेशीले लगानी गरेर ठूलो संऱचना बनाई दिएको उद्योग घाटामा गएर किन बन्द हुने अवस्थामा पुग्छ?,’ उनले प्रश्न गरेका छन्।
