श्रीमतिलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा श्रीमान पक्राउ
कर्णाली । पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोजेको आरोपमा सुर्खेतमा एक पुरुष पक्राउ परेका छन् । भेरीगङ्गा नगरपालिका–१३ रामघाटका ४९ वर्षीय जयबहादुर रानालाई आफ्नी ५० वर्षीया पत्नी महेश्वरी रानाको शरीरमा पेट्रोल छर्केर आगो लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
