इरानको सम्भावित आक्रमणका कारण चुपचाप विमान बदलेको ट्रम्पको स्वीकारोक्ति
काठमाडौं : इरानसँगको युद्ध चर्किएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको सुरक्षा चुनौती गम्भीर मोडमा पुगेको खुलासा भएको छ। गत फेब्रुअरीमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी लक्षित हवाई आक्रमणपछि दुई देशबीच सुरु भएको सैन्य द्वन्द्वले अब 'व्यक्तिगत बदला'को रूप लिएको छ।
