बाढी-पहिराले यी राजमार्ग अवरुद्ध (सूचीसहित)
काठमाण्डु – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार विभिन्न प्रदेशमा दर्जनभन्दा बढी सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्। सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै बागमती प्रदेशका दुई प्रमुख राजमार्गमा रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
