राष्ट्रियसभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे बस्दै छ । सिंहदरबारमा बस्ने उक्त बैठकमा विभिन्न विधेयकहरू पेस गर्ने र सन्देश टेबुल गर्ने कार्यसूची तय गरिएको छ ।
