आइतबारबाट खुल्न लागेको एसवाई प्यानलको आइपीओ स्थगित
भदौ २९ गते आइतबारबाट खुल्न लागेको एसआई प्यानलको आईपीओ स्थगित भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको थियो। तर हालको देशको विषम परिस्थितिको कारण आईपीओ स्थगन गरिएको कम्पनीले जनाएको छ। अब कम्पनीले अवस्था सहज भएपछि आईपीओ निष्काशनको लागि नयाँ मिति प्रकाशन गर्ने छ।
