SHARE
कालिका खबर · मङगलबार २६ साउन २०८३ १२:३७ PM · 1 मिनेट पढाइ

नाइमा एक्स्पोमा चेरी वान्डाका ११ देखि १६ सिट क्षमताका विद्युतीय भ्यान

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा चेरी वान्डाले विभिन्न क्षमताका स्मार्ट विद्युतीय व्यावसायिक भ्यान प्रदर्शनमा राखेको छ। अगस्ट ११ देखि १६ अर्थात् साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोको हल ‘डी’स्थित स्टल नम्बर १६ मा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारीसाधन राखिएका छन्। कम्पनीका अनुसार यी भ्यान व्यावसायिक यातायात तथा स्कुल–कलेज प्रयोजनलाई लक्षित गरी तयार गरिएका हुन्। ३०० किलोमिटरसम्म रेन्ज चेरी वान्डाका ११ र १२ सिटे मोडलमा ४१.८६ किलोवाट आवरको सीएटीएल ब्याट्री जडान गरिएको छ।