कक्षा १ देखि ५ सम्म अब आन्तरिक र त्रैमासिक परीक्षा नलिन निर्देशन
काठमाडौं । देशभरका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीको आन्तरिक तथा त्रैमासिक परीक्षा सञ्चालन नगर्न निर्देशन दिइएको छ। सरकारको पछिल्लो निर्णय कार्यान्वयन गर्दै जिल्ला शिक्षा विकास तथा समन्वय एकाइहरूले सम्बन्धित विद्यालयहरूलाई कक्षा ५ सम्मको परम्परागत परीक्षा प्रणाली अन्त्य गर्न निर्देशन दिएका हुन्। बालबालिकामा परीक्षाका कारण उत्पन्न हुने मानसिक तथा मनोवैज्ञानिक दबाब कम गर्दै सिकाइलाई थप प्रभावकारी र बालमैत्री बनाउने उद्देश्यले यस्तो व्यवस्था लागू गर्न लागिएको जनाइएको छ।
