SHARE
अन्नपूर्ण · मङगलबार २६ साउन २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

पालैपालो प्राथमिकता दिनेगरी मन्त्रालय बाँडफाँट गर्न ओली र प्रचण्डको निर्देशन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रदेश सरकारमा पालैपालो प्राथमिकता दिनेगरी मन्त्रालय बाँडफाँट गर्न निर्देशन दिएका छन्।सरकार गठन गर्दा सम्बन्धित प्रदेशसभामा रहेका दलहरूको सिट संख्यालाई मुख्य आधार मानेर मन्त्रालय बाँडफाँट गर्न निर्देशन ओली र प्रचण्डको छ। गत साउन ९ गते एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सन्दर्भमा भएको तीनबुँदे सहमति कार्यान्वयनका लागि यस्तो आधार तय गरिएको हो।