SHARE
कालिका खबर · मङगलबार २६ साउन २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

नेपालमा सार्वजनिक भयो ‘अल न्यु हुन्डाई भेन्यु’, मूल्य ४८ लाख ९६ हजारदेखि

काठमाडौं । नेपाली बजारमा हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयूभी ‘अल न्यु भेन्यु’ नयाँ डिजाइन र अत्याधुनिक प्रविधिसहित सार्वजनिक भएको छ। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नाइमा मोबिलिटी एक्स्पो–२०२६ को अवसर पारेर नयाँ पुस्ताको भेन्यु सार्वजनिक गरेको हो। नेपालमै एसेम्बल गरिएको नयाँ भेन्युमा अघिल्लो पुस्ताको तुलनामा डिजाइन, सुरक्षा तथा प्रविधिमा व्यापक सुधार गरिएको कम्पनीले जनाएको छ। नयाँ भेन्यु नेपाली बजारमा चार फरक भेरियन्टमा उपलब्ध हुने बताइएको छ। पहिलोपटक एडास लेभल–२ नयाँ भेन्युको प्रमुख आकर्षणमध्ये एडास लेभल–२ (ADAS Level 2) प्रविधि रहेको छ।