SHARE
कालिका खबर · मङगलबार २६ साउन २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

महिन्द्राको फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी ‘एक्सइभी ९ई’ नेपालमा सार्वजनिक, मूल्य ६० लाख

काठमाडौं । भारतीय विद्युतीय मोटर उत्पादक महिन्द्राले आफ्नो नयाँ फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी ‘एक्सइभी ९ई’ (XEV 9e) नेपाली बजारमा सार्वजनिक गरेको छ। नाइमा मोबिलिटी एक्स्पो–२०२६ को पहिलो दिन महिन्द्राले यो प्रिमियम इलेक्ट्रिक एसयूभीलाई नेपालमा औपचारिक रूपमा डेब्यु गरेको हो। कम्पनीले नेपाली बजारमा एक्सइभी ९ईको मूल्य ६० लाख रुपैयाँ तोकेको छ। आकर्षक डिजाइन, लामो रेन्ज, शक्तिशाली मोटर र अत्याधुनिक प्रविधिसहित ल्याइएको यो एसयूभीले प्रिमियम विद्युतीय गाडीको बजारमा प्रतिस्पर्धा थप तीव्र बनाउने अपेक्षा गरिएको छ। ६७९ किलोमिटरसम्म रेन्ज एक्सइभी ९ईमा ५९, ७० र ७९ किलोवाट आवर क्षमताका ब्याट्री विकल्प उपलब्ध छन्।