SHARE
कालिका खबर · मङगलबार २६ साउन २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

नाइमा अटो एक्स्पोमा ग्लोबल आइएमईको विशेष गाडी कर्जा योजना, ब्याजदर ५.२५ प्रतिशतदेखि

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्स्पो–२०२६लाई लक्षित गर्दै व्यक्तिगत सवारीसाधन कर्जामा विशेष योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा लिन सक्नेछन्। हालको आधारदरअनुसार यस योजनामा कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ। आधारदरमा हुने परिवर्तनअनुसार कर्जाको ब्याजदर पनि समायोजन हुनेछ। ईभी खरिदमा ५.९९ प्रतिशत स्थिर ब्याजदर बैंकले नाइमा अटो एक्स्पोमा नयाँ विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहकका लागि तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको विशेष योजना ल्याएको छ।