मिस युनिभर्स नेपाल २०२६ को ‘स्ल्यास सेरेमनी’ सम्पन्न
काठमाडौं । मिस युनिभर्स नेपाल २०२६ अन्तर्गतको बहुप्रतीक्षित ‘स्ल्यास सेरेमनी’ काठमाडौंस्थित सोल्टी होटलमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा प्रतियोगिताका सहभागीहरूले पहिलोपटक आधिकारिक रूपमा आफ्नो स्ल्यास ग्रहण गरेका छन्। आयोजकका अनुसार स्ल्यास सेरेमनीले प्रतियोगिताको औपचारिक सुरुवातसँगै सहभागीहरूको आत्मविश्वास, व्यक्तित्व र प्रतियोगिताप्रतिको प्रतिबद्धता प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ। सेरेमनीमा सहभागी प्रतियोगीहरूले आफूलाई आगामी प्रतिस्पर्धाका लागि तयार रहेको सन्देश दिएका छन्। अब उनीहरू विभिन्न प्रशिक्षण, चुनौतीपूर्ण प्रतिस्पर्धात्मक चरण तथा सामाजिक गतिविधिमा सहभागी हुँदै ग्रान्ड फिनालेतर्फ अघि बढ्नेछन्।
