खाद्य विभागको अनुगमन : भक्तपुर र काठमाडौंका ६ खाद्य व्यवसायलाई निर्देशन, नमुना संकलन
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर र काठमाडौंका विभिन्न खाद्य व्यवसायमा अनुगमन तथा निरीक्षण गरेको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनका क्रममा केही व्यवसायमा सरसफाइ तथा व्यवस्थापनमा सुधार गर्न निर्देशन दिएको छ भने केही खाद्य पदार्थको नमुना थप अनुसन्धानका लागि संकलन गरेको छ। विभागका अनुसार २०८३ साल साउन २५ गते भक्तपुरका तीनवटा डेरी उद्योगमा अनुगमन गरिएको थियो।
