SHARE
कालिका खबर · मङगलबार २६ साउन २०८३ ११:१४ AM · 1 मिनेट पढाइ

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई रु. १० लाख आर्थिक सहयोग प्रदान गरेको छ। नवजात शिशु तथा बालबालिकाको सघन उपचार (Pediatric Care) सेवा सुदृढीकरणका लागि प्रदान गरिएको उक्त सहयोग विशेषगरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा प्रयोग गरिने बैंकले जनाएको छ। नेपाल सरकारअन्तर्गत सञ्चालन भइरहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्रमध्ये एक हो।