घुससहित पक्राउ परेका गाउँपालिकाका लेखा अधिकृत र इन्जिनियरविरुद्ध मुद्दा दायर
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका इलाको चुलाचुली गाउँपालिकाका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।चुलाचुली गाउँपालिकामा कार्यरत लेखा अधिकृत मिलन कुमार भट्टराई र इन्जिनियर डिल्ली राज खड्काविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो।
