राजनीतिक उत्तरार्धमा तीन शीर्ष नेताको कन्तबिजोग
बहालवाला प्रधानमन्त्री लखेटिन्छन्, उनको निजी निवास खरानी बन्छ भनेर कसैले कल्पना गरेको थियो होला ? पूर्व प्रधानमन्त्रीहरु शरणार्थी बन्नुपर्ने दिन आउला भनेर कसैले सोचेको थियो होला ? सामाजिक सञ्जालमा युवाहरुको आक्रोश ब्याप्त थियो । तर, न बहालवाला प्रधानमन्त्री केपी ओलीले आक्रोशलाई बुझ्न चाहे, न पूर्वप्रधानमन्त्रीहरुले नै उनलाई बुझाउन सके ।
